कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
ताप्लेजुङ – पाथीभरा गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा डाँगीहाट क्लबले बेलबारी क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे छ ।
।
डाँगीहाट क्लबले बेलबारी क्लबलाई १–० गोल अन्तरले हराउँदे सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङका यी दुवै टिमले आजकाे खेलमा राष्ट्रिय खेलाडीहरुलाई मैदानमा उतारेका थिए ।
डाँगीहाट मोरङका विक्रम लिम्बूले ३३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । बारम्बार गोलको प्रयास गरे पनि बेलबारी क्लबले गोल गर्न नसक्दा बाहिरिन बाध्य भयो ।
सोमबार इलेभन एरोज क्लब, सुनसरी र यूकेएफसी दार्जीलिङबीच खेल हुने आयोजक समिति जनाएकाे छ ।