कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - १६ लाख रुपैयाँ लुटियो भनेर नाटक गर्ने एक व्यक्ति काठमाण्डौको न्युरोडबाट पक्राउ परेका छन् ।
भारतको विहार घर भएर डल्लु बस्ने मनोज कुमार साहले न्युरोडमा मास्क लगाएर मोटरसाइकलमा आएका २ जनाले आफूसँग भएको १६ लाख रुपैयाँ लुटियो भनेर रोइकराइ गरेका थिए । त्यसपछि खटिएको टोलीले साहले रकम लुटिएको भन्ने ठाउँको सीसीटीभी फुटेज हेर्दा लुटिएको दृश्य देखिएन ।
त्यसपछि प्रहरीले मनोज साहलाई नै शंका गरेर सोधपूछ गर्दा उनले रकम कोठाको दराजमा लुकाएको भेटियो । मनोजले पछि प्रहरीसँगको बयानमा गोयल कम्पनीको १६ लाख रुपैयाँ ठग्ने नियतले आफूले पैसा हराएको नाटक गरेको स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।