इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट बराबरीमा

 भदौ २, २०७६ सोमबार ७:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टेष्ट च्याम्पियनसीप अन्तर्गत इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । 

पाँचौ तथा अन्तिम दिन इंग्ल्याण्डले दिएको २ सय ६७ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले एक सय ५४ रनमा ६ विकेट गुमाउँदा खेल सकिएको थियो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा २ सय ५८ रन बनाएको थियो । उसका लागि जोनी ब्रेस्टोले ५२ तथा रोरे बर्नसले ५३ रन बनाएका थिए । जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा स्टिभ स्मिथको ९२ रनको सहायताले २ सय ५० रन बनायो । 

दोस्रो पारीमा इंग्ल्याण्ड २ सय ५८ रनमा ५ विकेट गुमाउँदै पारीको घोषणा गरेको थियो । उसका लागि बेन स्टोकले एक सय १५ तथा जोस बट्लरले ३१ र जोनी ब्रेस्टोले ३० रनको योगदान गरेका थिए ।

जसका कारण अष्ट्रेलियाले २ सय ६७ रनको लक्ष्य पाएको थियो । तर उसले पाँचौ दिनको खेल सकिँदा एक सय ५४ रनमा ६ विकेट गुमेपछि खेल बराबरीमा सकियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया