लेस्टर सिटीसँग बराबरीमा रोकियो चेल्सी

 भदौ २, २०७६ सोमबार ८:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

नयाँ सिजनको पहिलो खेलमा गएको साता म्यानचेस्टर युनाटेडसँग ४–० को निराशाजनक पराजय ब्यहोरेको चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार अग्रता जोगाउन नसक्दा लेस्टरसँग अंक बाँडेको हो । 

यो बराबरीको नतिजाले चेल्सीका लिजेन्ट खेलाडी फ्र्यांक लाम्पार्डले प्रशिक्षकको भूमिकामा जितको खुशी मनाउन कम्तीमा एक साता कुर्नुपर्ने भएको छ । प्रशिक्षकको रुपमा उनको यो पहिलो होम म्याच पनि थियो ।

खेलको सातौं मिनेटमै २० वर्षीय इंग्लिस मिडफिल्डर मासोन माउन्टले गोल गरेपछि पहिलो हाफमा चेल्सीले अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा विल्फ्राइड एनडीडीले बराबरी गोल फर्काएपछि बाँकी समयमा दुबैले गोल गर्न सकेनन् । ६७ औं मिनेटमा एनडीडीले जेम्स म्याडिसनको कर्नरमा हेड गोल गरेका हुन् ।

सिजनको पहिलो खेलमा गएको साता लिसेस्टरले वुल्भ्ससँग बराबरी खेलेको थियो । आइतबारै भएको अघिल्लो खेलमा सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया