पाथीभरा गोल्डकप : यूकेएफसी दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा

 भदौ २, २०७६ सोमबार १९:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । 

यूकेएफसी दार्जीलिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको ५२ औं मिनेटमा सुनसरीका विदेशी खेलाडी यानिक ओनाले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५७ औ मिनेटमा यानिकले दोस्रो गोल गर्दै जितको अग्रता दोब्बर बनाए ।

 

दार्जीलिङले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन र हार बेहोर्न बाध्य भयो । 

प्रतियोगिताअन्तर्गत मंगलबार रेडस्टार क्लब झापा र गोर्खा स्पोटिङ क्लब दमकबीच खेल हुने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया