मौसम : देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

 भदौ ३, २०७६ मंगलबार ८:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिनभर देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही भूभाग तथा पूर्वका केही भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुनी बादलको विकास भएकाले पानी पर्ने सम्भावना भएको हो । तर ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

यस्तै, मंगलबार राति  मध्य र पश्चिमी क्षेत्रका केही भूभागमा र पूर्वका केही भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने देशका अन्य ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया