बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

 भदौ ३, २०७६ मंगलबार १०:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा –  १६ वर्षीया किशोरी बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

किशोरीको गोपनीयतामाथि मध्यनजर गरी दुवैजनाको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

पक्राउ परेका वृद्धमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया