सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले 'मानापाथी जोखे' जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे पार्टीका सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोग्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोलि व्यवहारमा मिलाउँदै जाने हो ।'
उहाँले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले छिट्टै काठमाण्डौ जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाउनुभयो । काठमाण्डौअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।