आर्थिक अभावले विमलाकाे उपचारमा समस्या: सहयोग गरिदिन परिवारकाे आग्रह

 भदौ ३, २०७६ मंगलबार १९:२९:२८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - लुटपाटका क्रममा गम्भीर घाइते भएकी थलारा गाँउपालिका-५ की विमला ओलीको उपचारमा  आर्थिक अभावका कारण समस्या आएको छ ।

गएको साउन २० गते केदार स्युँ गाँउपािलका–९ मा रहेको माइतीबाट थलारा गाँउपालिका–५ मा रहेकाे घर आउँदै गरेकी २२ वर्षीया ओलीलाई स्थानीय २ जना युवाले लुटपाट गरी ज्यान मार्ने प्रयास गरेका थिए । थलारा गाँउपालिका–६ का प्रेम कठायत र सौरभ चौहानले उनको कानमा लगाएको मुन्द्रा लुटपाट गर्नुका साथै टिनको पाता र रेडबुलको बट्टाले उनको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । 

घटनामा गम्भीर घाइते भएकी ओलीकाे दुई महिनाकाे गर्भसमेत खेर गएकाे उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

बिहेको ऋण तिर्न भारत गएर रोजगारी गरेका विमलाका पति दिनेश खत्रीले अहिलेसम्म उपचारमा झण्डै ६ लाख भन्दा बढी खर्च भैसकेको बताउनुभयो । 

विमलाका बावु नर बहादुर ओलीले परिवार र इष्टमित्रसँग हारगुहार गरेर ब्याजमा पैसा निकालेको बताउँदै अहिलेसम्म ६ लाख रुपैया लिएको र अब भने पसा पनि पाइन छोडेको गुनासो गर्नुभयो  । अहिले विमलाको उपचार नेपालगञ्जको नर्सिङ होममा भैरहेको भन्दै श्रीमतीको ज्यान बचाइदिन विमलाका श्रीमान दिनेशले सबैलाई अनुरोध गर्नुभयाे । 

‘मेरो परिवारमा अरु कोही छैन, मेरा दाइको मानसिक अवस्था कमजोर छ । पाखो जमिनमात्र भएकोले कसैले किन्न मान्दैनन्,मेरी श्रीमतीकाे ज्यान बचाइदिन सबैलाई अनुराेध गर्दछु, उहाँले भन्नुभयाे ।

भारतबाटै १५ हजार रुपैयाँ ऋण निकालेर नेपालगञ्ज पुगेका खत्रीले मेडिकलमा मात्रै ४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र अब मेडिकलले समेत औषधि दिन आनाकानी गर्न थालेकाे सुनाउनुभयाे ।  

अन्तिम अपडेट: चैत ३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया