चेल्सी डिफेन्डर जापाकोस्टा इटालियन क्लब रोमामा

 भदौ ४, २०७६ बुधबार ७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

चेल्सी डिफेन्डर डेविड जापाकोस्टा इटालियन क्लब रोमा जाने भएका छन् । २७ वर्षे इटालियन राइट ब्याक जापाकोस्टा चेल्सीले एक सिजनका लागि लोनमा पठाएको हो ।

जापाकोस्टा इटाली पुगिसकेका छन् । जापाकोस्टा सन् २०१७ मा इटालियन क्लब टोरिनोबाट २३ मिलियन पाउण्डमा चेल्सी आएका थिए । 

चेल्सीमा उनले चार वर्षको सम्झौता गरेका थिए । तर, पहिलो सिजनमा २२ खेल खेलेका जापाकोस्टाले २०१८–१९ को सिजनमा जम्मा चार पटकमात्र खेल्न पाए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया