कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
धनुषा – प्रदेश नम्बर २ को सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को नाम ‘मधेश’ राख्ने संयुक्त प्रस्ताव दर्ता गराएका छन् ।
यस्तै प्रदेशको राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेश सभा सचिवालयमा संयुक्त प्रस्ताव बिहीबार दर्ता गराएको हो ।
नामको प्रस्ताव राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक प्रमेश्वर साह र राजधानीको प्रस्ताव समाजवादी पार्टीका मुख्य चेतक शैलेन्द्रप्रसाद यादवले दर्ता गराउनु भएको हो ।
समाजवादीका ७ सांसद ‘वीरगञ्ज’ राजधानी हुनुपर्ने पक्षमा दर्ता गराए प्रस्ताव
यस्तै समाजवादी पार्टीका सात जना सांसदले राजधानी ‘वीरगञ्ज’ हुनुपर्ने फरक मतसहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
समाजवादी पार्टीका सांसद सिंहासन साह कल्वारको नेतृत्वमा सांसद प्रह्लाद गिरी गोसानी, करिमा बेगम, जनक अन्सारी, अञ्जु यादव, भिमा यादव र रागनी देवी वर्णमालले वीरगञ्ज राजधानी हुनुपर्ने पक्षमा पार्टी संसदीय दलको निर्णय विपरीत प्रस्ताव दर्ता गराएका हुन् ।