‘जुवा खेल्न पाउँ’ भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने पक्राउ

 भदौ ५, २०७६ बिहिबार १८:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – जुवा खेलेबापत पक्राउ नगर्ने सर्तमा प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्ने एक जना भक्तपुरबाट पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

तर गंगालाल श्रेष्ठले धरौटीमा छुटेपछि फेरि जुवा तास खेलाउनका लागि सहज वातावरण गराइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने प्रलोभन देखाएका थिए । उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया