बजाजकाेे चाड पर्वलक्षित ‘बजाज भविष्यवाणी’ याेजना सार्वजनिक

 भदौ ५, २०७६ बिहिबार २०:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैँ र तिहारको उपलक्ष्यमा ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहितकाे ‘बजाज भविष्यवाणी’ याेजना ल्याएकाे छ ।

बजाजको भविष्यवाणी याेजनामा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गरेर १ लाख रुपैयाँसम्मको ‘स्योर शट डिस्काउन्ट’ थाहा पाउन सक्नेछन् ।

यस्तै उनीहरुले मोटरसाइकल किनेपछि फेरि अर्को स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल किन्नु अघि र किनिसकेपछि १-१ लाख रुपैयाँसम्मको नगद जित्न सक्ने कम्पनीले जनाएकाे छ।

योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया