अफवाह फैलाएकाे भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

 भदौ ६, २०७६ शुक्रबार ११:४९:२२ | एजेन्सी
unn.prixa.net

गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । 

केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । भिडियो सर्च इञ्जिन युट्यूबले पनि त्यही कदमलाई निरन्तरता दिएको हो । यद्दपि ती कम्पनीहरुको विपरीत गुगलले त्यस्ता असक्षम खाताहरुको पछाडि चिनियाँ सरकारको हात रहेको भन्दै युट्यूब च्यानलहरु बन्द गरेको हो । 

‘यो हप्ताको सुरुमा समन्वित प्रभाव सञ्चालनबाट बच्नका लागि हामीले गरेको प्रयासलाई प्रभावित पार्न खोज्ने २१० ओटा युट्यूब च्यानललाई बन्द गरिएको छ । ती युट्यूब च्यानलले हङकङमा जारी विरोध झल्किने भिडियोहरु अप्लोड गरेको थिए’, बयानमा भनिएको छ । 

 बीबीसीका संवाददाताले गुगलका प्रवक्तालाई ट्वीटरको जस्तै हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने विरुद्धको अभियान हो ? या हङकङ विरोधी आन्दोलनलाई कमजोर गर्ने रणनीति हो ? भनेर सोधेको प्रश्नमा गुगलका प्रवक्ताले केही बोल्न नचाहेकाे बीबीसीले जनाएको छ ।

गुगलले राज्य नियन्त्रित मिडिया संगठन जस्तैः चिनियाँ प्रचारक, सिन्ह्वाको विज्ञापन बिक्रीमा रोक लगाउने योजना बनाएको हो भन्ने बारेमा पनि केही बताएको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया