आर्सनलमाथि लिभरपुलकाे जित, सलाहको २ गाेल

 भदौ ८, २०७६ आइतबार ७:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोहम्मद सलाहले २ गोल गरेपछि घरेलु टोली लिभरपुलले आर्सनलमाथि ३-१ गोल अन्तरको जित रचेको छ । लिभरपुलको यो लिगमा लगातार तेस्रो जित हो । 

एनफिल्डमा ५० हजारभन्दा बढी घरेलु समर्थकमाझ पहिलो हाफमा लिभरपुलले माटिपको गोलमार्फत अग्रता बनाएको थियो । ४१ औं मिनेटमा अलेक्जान्दर आर्नोल्डको पासमा जोयल माटिपले गोल गरेका थिए । 

लिभरपुलले बाँकी गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमै मोहम्मद सलाहले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । 

आर्सनलका डिफेन्डर डेभिड लुइजले बक्सभित्र सलाहलाई नै फल गरेपछि रेफ्रीले सिधै पेनाल्टीको इसारा गरेका थिए । 

५८ औं मिनेटमा सलाहले सानदार गोलमार्फत लिभरपुललाई ३–० गोलको अग्रता दिलाएका हुन् । फविनाले लामो पासलाई सदुपयोग गरी मैदानको दायाँ क्षेत्रबाट ३ जना डिफेन्डरलाई छक्याउँदै सलाहले सानदार गोल गरे । 

८४ औं मिनेटमा आर्सनलले सान्त्वना गोल फर्कायो । रक्षात्मक कमजोरीको फाइदा उठाउँदै लुकास टोरेराले पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए ।

प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको अहिलेसम्म शतप्रतिशत जित छ । यसअघि उसले नोरिच सिटी र साउथह्याम्प्टनलाई पराजित गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया