बायर्न म्युनिखको जितमा लेवान्डोस्कीको ह्याट्रिक

 भदौ ८, २०७६ आइतबार ७:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सुपरस्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले साल्के–४ लाई ३-० गोलले पराजित गरेको छ । 

पहिलो खेलमा हेर्थासँथ एक एक गोलको बराबरीमा रोकिएको बार्यनले नयाँ सिजनमा पहिलो जित आत्मसाथ गरेको हो । 

ह्याट्रिक गरेका लेवान्डोस्कीले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । २१ औं मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेका हुन् । दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमा एक्लो प्रयासमा उनले सानदार गोल गरी दोहोरो अग्रता दिलाएका थिए । 

लेवान्डोस्कीले ७५ औं मिनेटमा किंग्स्ले कोम्यानको पासमा गोल गरी ह्याट्रिक पूरा गरे भने टिमको जित निश्चित गरे । 

बार्यनले गएको सिजन लगातार सातौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि जितेको थियो । सिजनको पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडबाचसँग बराबरीमा रोकिएको साल्केले लिगमा पहिलो जितका लागि कम्तीमा अर्को खेल कुर्नुपर्ने भएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया