आइतबार सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ ८, २०७६ आइतबार ११:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्रबैंकले आइतबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ । शुक्रबार यसको एकको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा थियो ।

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । शुक्रबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा थियो ।

आइतबार यूएई दिर्हामको मूल्य पनि घटेको छ । आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा थियो । 

आज कोरियन वनको भाउ पनि घटेको छ । नेपाल राष्ट्रबैंकले आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा तोकेको छ । शुक्रबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९२ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७७ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि घटेको छ । यसको १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा पुगको छ । शुक्रबार यसको १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया