पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा

 भदौ ८, २०७६ आइतबार १२:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । प्रहरीले लामिछानेसहित तीनै जनामाथि अनुसन्धान गरेर आइतबार सरकारी वकिलसमक्ष फाइल पेस गरेको हो । 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो । प्रहरीले शालिकरामको मृत्यु प्रकरणमा तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको हो या होइन भन्ने पक्षमा केन्द्रित भएर अनुसन्धानको फाइल तयार गरेको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

साउन २० गते राति नारायणगढको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । शालिकरामले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट लामिछाने, कँडेल र कार्कीलाई काठमाण्डौबाट पक्राउ गरी चितवन लगिएको हो । भिडियोमा उनले तीनै जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया