प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - स्वयं कर घोषणा अन्तरगत व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारबाही हुने भएको छ ।
संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण पहिलो संशाेधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयं कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाइए कर छलीसरह अपराध ठहर भइ कारबाही हुने बताउनुभयो ।
समितिले दण्ड सजायसम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संशाेधन गर्ने तयारी गरेको छ । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै ५० लाखसम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिबाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।
बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिबाना र कैदको समय बढी भयो भन्दै संशाेधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर बापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजश्व असुली नहुने तर्क प्रस्तुत गरेका थिए ।