पार्टी एकताकाे १५ महिनापछि प्रचण्डद्वारा पहिलो पटक पार्टी बैठक आह्वान

 भदौ ८, २०७६ आइतबार १९:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको छ । 

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि बैठक बोलाउने अधिकार पाएसँगै ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक आह्वान गर्नुभएको हो । 

पार्टी एकता भएको झण्डै १५ महिनापछि प्रचण्डले बैठकको अध्यक्षता गर्न लाग्नुभएको हो । बैठक पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो १ बजेका लागि डाकिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुने तय भएको छ । यसअघि दुवै अध्यक्षको सहभागितामा मात्रै बैठक बस्ने गरेको थियो । अर्का अध्यक्ष ओली अहिले उपचारका लागि सिंंगापुरमा हुनुहुन्छ ।

सिंंगापुर जानुअघि अध्यक्ष प्रचण्डलाई पार्टी एकीकरणको बाँकी काम सक्ने जिम्मेवारी दिँदै बैठकको अध्यक्षता गर्ने अधिकार पनि सुम्पेर जानुभएको थियो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया