राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा २२ जना डाक्टरहरुको राजीनामा स्वीकृत

 भदौ ८, २०७६ आइतबार २०:४८:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २२ जना डाक्टरहरुको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले आफूहरुलाई काम गर्ने वातावारण नबनाएको भन्दै शनिबार राजीनामा दिएका चिकित्सकमध्ये २२ जनाको राजीनामा स्वीकृत गर्नुभएकाे हो ।

प्रतिष्ठानले आइतबार सरकारी दरबन्दीका र प्रतिष्ठानले नियुक्त गरेका २२ जना डाक्टरको राजीनामा स्वीकृत गरेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उपकुलपति भण्डारीले विभिन्न बहानामा अनावश्यक दबाब दिने, सम्मानजनक व्यjहार नभएको, धम्की blg] र मनोबल गिराउने कार्यहरु गरेको भन्दै चिकित्सकहरुले सामूहिक राजिनामा दिएका थिए ।

अस्पतालमा नयाँ डाक्टर नियुक्तिका लागि आइतबारैबाट प्रक्रिया सुरु गर्ने र १५ दिन भित्र नियुक्त गर्ने उहाँको भनाइ छ । यसैबीच प्रतिष्ठानले सरकारी दरबन्दीका डाक्टरलाई सम्बन्धित मन्त्रालयबाट प्रक्रिया पूरा गरी सरुवा भएर जान पनि निर्देशन दिएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया