इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा बर्नमाउथ पराजित

 भदौ ८, २०७६ आइतबार २१:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सिटीले एएफसी बर्नमाउथलाई दुई एक गोल अन्तरले पराजित गरेको हो । 

बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीले सुरुवातदेखि नै दबाब बनाएको थियो । पुरै खेलमा ७० प्रतिशत बल नियन्त्रणमा राखेकाे सिटीले खेलको १५ औं मिनेटमा नै अग्रता बनायो । केभिन डी ब्रुइनको पासमा सर्जियो अगुइरोले गोल गर्न सफल भए । त्यसपछि ४३ औंँ मिनेटमा सिटीले अन्तर दुई शून्य बनाएको थियो । उसका लागि डेभिड सिल्भाको पासमा रहिम स्ट्रलिङले गोल गर्न सफल भए । 

तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सिटीविरुद्ध घरेलु टिम बर्नमाउथले एक गोल फर्काउन सफल भयो । उसका लागि हेरी विल्सनले गोल गर्न सफल भए । दोस्रो हाफमा पनि सिटीले बर्नमाउथमाथि दबाब कायमै गरेको थियो ।

६४ औंँ मिनेटमा अगुइरोले नै टिमका लागि दोस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ९ अंक छ भने दोस्रो स्थानमा आएको म्यानचेस्टर सिटीको ७ अंक भएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया