न्युकासल युनाइटेडसँग टोटनह्याम पराजित

 भदौ ९, २०७६ सोमबार ७:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको उपाधि दावेदार टिम टोटनह्यामले आइतबार यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको न्युकासल युनाइटेडसँग अप्रत्यासित पराजय ब्यहोरेको छ । 

घरेलु मैदान टोटनह्याम हट्सपर रंगशालामा आइतबार राति भएको खेलमा न्युकासलले टोटनह्यामलाई एक शून्य गोलले पराजित गरी लिगमा पहिलो जित हासिल गरेको हो ।

न्युकासलले लिगमा यसअघिका दुवै खेल हारेको थियो । टोटनह्यामले एक जित र एक बराबरी खेलेको थियो । 

खेलको २७ औं मिनेटमा जोयलिन्टोनले गरेको गोल नै न्युकासलको जितमा निर्णायक बन्यो । उनले क्रिष्टियन अस्टुको पासमा गोल गरेका थिए । 

दोस्रो हाफमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि टोटनह्याम गोल गर्न असफल रह्यो । खेलको अन्त्यतिर टोटनह्यामका ह्यारी केन, सन ह्युङ मिन, ड्यानियल एरिक्सन लगायतले पाएका अवसर सदुपयोग गर्न सकेनन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया