अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

 भदौ ९, २०७६ सोमबार ८:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ७० प्रतिशतसम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभएर दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया