संखुवासभामा करेन्ट लागेर बालिकाको ज्यान गयाे

 भदौ ९, २०७६ सोमबार १६:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा —पाँचखपन नगरपालिका–३ मा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।   

ज्यान गुमाउनेमा १४ वर्षीया एलिना राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार साँझ घरमा नाङ्गो तार छुँदा एलिनालाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी एलिनालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज १९, २०७६

तपाईको प्रतिक्रिया