रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ ११, २०७६ बुधबार १०:२०:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्रबैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा रहेको थियो । 

यस्तै सोमबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा तोकेको छ । सोमबार खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा थियो ।

आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा नै छ । हिजो खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको थियो। 
यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा रहेको थियो । 

कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकेको छ । सोमबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५३ पैसा रहेको छ । सोमबार यसको १ को खरिददर ३७७ रुपैयाँ र बिक्रीदर ३७८ रुपैयाँ ९८ पैसा थियो ।

यस्तै बहराइन दिनारको १ को खरिददर ३०२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १८पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९४ पैसा थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया