एनसेल सर्ट फिल्म प्रतियोगितामा ‘बुवा’ पहिलो

 भदौ १३, २०७६ शुक्रबार ७:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

एनसेल प्राइभेट लिमिटेडले आयोजना गरेको ‘एनसेल सर्ट फिल्म कम्पिटिसन’ अन्तर्गत कमल सुबेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट इच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो । यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभालाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो । 

प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु समावेश भएका थिए । निर्णायक मण्डलमा क्यूएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र पत्रकार विद्या चापागाईं रहेका थिए ।

एक विशेष समारोह माझ बुधबार साँझ क्यूएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । यो समारोहमा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मी, दिग्गज कलाकार, प्रतियोगिताका साझेदार र सञ्चार क्षेत्रका पाहुनाहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्नाभिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालमाार्फत सार्वजनिक गर्नेछ ।

कमल सुबेदी र उनको समूहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप १ लाख रुपैयाँ नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जीबी डेटा पाएका छन् । यसका साथै यो समूहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।

त्यस्तै, विशाल न्यौपाने र उनको समूहले बनाएको फिल्म ‘द इण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ नगद पुरस्कार र समूहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जीबी डेटा प्राप्त गरेका छन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ सेकेण्ड रनर अप बनेको छ । उसले ५० हजार रुपैयाँ पुरस्कार जित्नुका साथै समूहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जीबी डेटा प्राप्त गरेका छन् । 

यसैगरी, राजा महर्जनको ‘बुवा’ र राइजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । यी दुवै सर्ट फिल्मले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नुका साथै समूहका ३/३ जनाले १० जीबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्मका लागि प्राप्त गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया