जुम्लामा चट्याङ लागेर २ सय ५० भेडा मरे

 भदौ १३, २०७६ शुक्रबार १२:२:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको तिला गाउँपालिका – ६ पाटनमा  बिहीबार  चट्याङ लागेर २५० ओटा भेडा मरेका छन् । 

स्थानीय नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिनुभयो । चट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।  

व्यावसायिक रुपमा  भेडा पालेर बसेका किसानको चट्याङ लागेर भेडा मरेपछि  परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चट्याङले हामी किसानको रोजिरोटी खोसेको छ ।’

जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा  किसान पर्दै आएका छन् । यो वर्ष हिउँदे सिजनमासमेत हिमपातले सयौँ भेडा मरेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया