नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

 भदौ १३, २०७६ शुक्रबार १३:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेहिकल्सका लागि र एक ग्रीज लन्च गरेको हो । 

म्याक लुब्रिकेन्टले आफ्ना दुई उत्पादन प्यासेन्जर भेहिकल्सका लागि म्याक अल्फा जेनिथ फाइभ डब्लू ३० र म्याक अल्फा जेनिथ १० डब्लू ३० सार्वजननिक गरेको हो । यस्तै, म्याक लुब्रिकेन्टले म्याक रुवि ग्रीज पनि लञ्च गरेको छ ।

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जिनमा यसको बहु विशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेटको उत्पादन मध्येको एक उत्पादन हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया