स्याङ्जाको हरिनासमा बावु छोराको हत्या

 भदौ १७, २०७६ मंगलबार १३:४४:३६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको हरिनासमा बावु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

हरिनास गाउँपालिका– ३ मग्यामचिसापानी, ललईका ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजनको हत्या भएको प्रहरीले जनाएको छ ।

सोमबार राति घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण भने आउन बाँकी छ । 

एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तिले हतियारले हानिरहेको देखेको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया