‘साहो’ का निर्देशक सुजीत सिंहले गरे दोहोर्‍याएर फिल्म हेर्न आग्रह

 भदौ १९, २०७६ बिहिबार १७:५०:५५ | एजेन्सी
unn.prixa.net

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ यतिबेला प्रदर्शनमा रहेको छ ।

यस फिल्मले रिलिज हुनुअघि जति चर्चा बटुलिरहेको थियो, रिलिज पछि भने अपेक्षा गरेअनुरुप फिल्म समीक्षक र दर्शकको प्रशंसा पाउन सकेन । अहिले यस फिल्मका निर्देशक सुजीत सिंहले इन्स्टाग्राममार्फत एक भावुक पोष्ट शेयर गर्दै दर्शकलाई फेर एकपटक फिल्म हेरिदिन अपिल गरेका छन् ।

उनले फिल्म निर्देशनको आफ्नो यात्राबारे बताउनुको साथै दर्शकलाई दोस्रो पटक फिल्म हेर्ने अनुरोध गर्दै लेखेका छन्, ‘जब म १७ वर्षको थिएँ, तब मैले पहिलो शर्ट फिल्म बनाएको थिएँ । न पैसा थियो न त टिम थियो तर अर्कुट र मेरोे परिवारले भने धेरै सहयोग गरेको थियो । मैले मेरा ९० प्रतिशत शर्ट फिल्महरु म आफैले छायाकंन, निर्देशन र एडिट गरेर बनाएको थिएँ । मैले मेरा गल्ती र आलोचनाबाट धेरै पाठ सिकेँ र अघि बढेँ ।’

सुजीतले अगाडि लेखेका छन्, ‘धेरै लामो यात्रा तय गरेको थिएँ र कैयौँ बाधा अड्चनको सामना गर्नु पर्‍यो । तर मैले कहिल्यै हार मानिनँ । आज कैयौँले फिल्म ‘साहो’ हेरे । केहीले फिल्मबाट धेरै अपेक्षा गरे । केहीले फिल्मलाई मन पराइदिए । फिल्म हेरिदिनु भएकोमा धन्यवाद । यदि केही छुटेको जस्तो लागेको छ भने यसलाई दोस्रो पटक हेरिदिनु होला । मलाई विश्वास छ तपाईँलाई अझ धेरै रमाइलो लाग्नेछ ।’

समीक्षकबाट आलोचना, व्यापार सफल

बाहुबली स्टार प्रभास र बलिउड अभिनेत्री श्रद्धा कपूरको फिल्म ‘साहो’ यही अगष्ट ३० मा रिलिज भएको थियो । फिल्म रिलिज भएसँगै भारतीय फिल्म समीक्षकले सोचेजस्तो फिल्म नभएको भन्दै आलोचना गरेका थिए ।

समीक्षकको आलोचनाका बीच पनि यस फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । ट्रेड एनालिष्ट रमेश बालाका अनुसार फिल्मले प्रदर्शनको पाँचौ दिनसम्ममा वर्ल्डवाइड रुपमा ३५० करोड रुपैयाँभन्दा बढीको  व्यापार गरिसकेको छ ।

#SaahoInCinemas pic.twitter.com/bEG0m5Fno0

हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी संस्करणले भने पाँचौ दिनमा एक सय करोडको व्यापार गरेको छ । भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म ‘साहो’को हिन्दी संस्करणले छैटौँ दिनसम्ममा जम्मा १०९.२८ करोडको व्यापार गरेको छ ।

झण्डै ३५० करोडको लगानीमा बनेको फिल्म ‘साहो’ मा प्रभास र श्रद्धा कपूरका साथै अरुण विजय, नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मांजेकरलगायतका कलाकारहरु समेत अभिनय रहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया