अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
हेटौँडा - मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-६, चिसापानीमा जीप दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ भने ८ जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा महोतरी जिल्ला, माईस्थान गाउँपालिका वडा नम्बर-६ बस्ने ७० वर्षीय बिरसिंंह वाइबा, सर्लाहीकाे वरहथवा नगरपालिका वडा नम्बर-३ बस्ने ६० वर्षीय महेन्द्र सहनी र सर्लाहीका एक दश महिने शिशु समरागी माझी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पतालमा ज्यान गएको थियाे ।
हेटौँडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्बरको जीप भीमफेदीमा दुर्घटना भएको थियो ।
जीप बाटाेबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घाइतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।