सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घट्यो

 भदौ २३, २०७६ सोमबार १०:५२:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार साउदी, कतारी र ओमानी रियालको भाउ केही घटेको छ । कुवेती दिनार, कोरियन वन र रिंगिटको भाउ भने स्थिर छ ।

सोमबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर १४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुुगेको छ । आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६८ पैसा छ । आइतबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५९ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा थियो । 

मलेरियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो पनि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५५ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५३ पैसार र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५७ पैसार र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया