​इँटा उद्योगमा विस्फोट, ६ लाखको क्षति

 जेठ ७, २०७५ सोमबार १४:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ, जेठ ७ – सोमबार बिहान राति दक्षिणी धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ को जीवनपुर इट्टा उद्योगमा सोमबार नचिनेको मानिसको समूहले विस्फोट गराउँदा ६ लाखको क्षति भएको छ ।

बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा ६ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

६ महिनाअघि विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकोले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६ सय मजदुरले काम गर्ने उद्योगमा मजदुरहरु घरतिर गएको मौकामा विस्फोट गराइएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया