चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको ज्यान गयो

 भदौ २४, २०७६ मंगलबार २०:३७:७ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – मुसीकोट नगरपालिका–१३, डाँडाछिवाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । 

मंगलबार दिउँसो साढे ४ बजे परेको चट्याङ लागेर त्रिवेणी गाउँपालिका–१० का ३६ वर्षीय केशरबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको हो । डाँडाछिवाङस्थित भाल्दुलामा रहेको गोठमा हुँदा चट्याङ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो ।

चट्याङले लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा मुसीकोट नगरपालिका–१३ डाँडाछिवाङ घर भएका ३८ वर्षीय नैनसिंह खत्री र हाइवाङका ५२ आशीराम रोका रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया