गरिब परिचयत्र वितरण सुरु

 असार २९, २०७५ शुक्रबार १६:३९:३६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - देशमैै पहिलो पटक कपिलवस्तुकाे मायादेवी गाउँपालिकाबाट गरिब घरपरिवार परिचय पत्र वितरण सुरु गरिएकाे छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुकाे मायादेवी गाउँपालिका ६ डुमरामा शुक्रबार गरिब घरपरिवार परिचय पत्र वितरण गरेर अभियान सुरु गर्नुभएकाे हाे । 

कपिलवस्तु लगायत देशका २६ जिल्लामा अाजबाट पहिलो चरणमा यस्तो परिचयपत्र वितरण सुरु भएकाे छ । बाँकी ५१ जिल्लामा भने आगामी दुई वर्षमा गरिब परिचय पत्र वितरण गर्ने सरकारले लक्ष्य लिएको मन्त्री खनालले बताउनुभयाे ।

अति गरिबका लागि रातो कार्ड, सामान्य गरिबका लागि पहेलो कार्ड र गरिबका लागि निलो कार्ड गरी तीन किसिमका कार्ड वितरण गरिएको छ । 

सरकारले पाँच वर्ष अघि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिब घर परिवार पहिचान गरेको थियो । पहिचान गरेकै अाधारमा उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ ।

पहिलो चरणमा २६ जिल्लाका तीन लाख ९४ हजार गरिब घरपरिवारलाई कार्ड वितरण गर्ने सरकारको लक्ष्य छ । १२ लाख ५० हजार घरपरिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मूनि रहेको तथ्यांकले देखाएकाे छ । बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भइसकेकाे छ ।

अधिकारीहरुले यस्तो परिचयपत्रले तत्काल केही सुविधा नभएपनि सरकारलाई गरिबमैत्री नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया