उमेर हदका कारण सेवा निवृत्त भएका कर्मचारी पनि समायोजनमा

 भदौ २६, २०७६ बिहिबार १७:२१:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीमा सेवा निवृत्त भएका एक कर्मचारीलाई संघीय निजामति सेवामा समायोजन गरेको छ ।

उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका तत्कालीन जिल्ला वन कार्यालयका वन रक्षक चन्द्र बहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले संघमा समायोजन गरिएको पत्र पठाएको हाे । 

गुल्मीको रेसुंगा नगरपालिका-१०, सिमीचौर घर भएर डिभिजन वन कार्यालय गुल्मीमा कार्यरत बस्नेत गएकाे वैशाख १ गते उमेर हदका कारण सेवा निवृत्त हुनु भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । 

वन तथा वातावरण मन्त्रालयमा बसेकाे जेठ १४ गतेको सचिवस्तरको बैठककाे निर्णय अनुसार बस्नेतलाई निजामति सेवाको पदमा संघमा समायोजन गरिएको पत्र पठाइएको छ । सेवा निवृत्त भएको आफूलाई बधा‍इ दिँदै संघमा समायोजन गरिको पत्र आएपछि आफू छक्क परेकाे बस्नेत बताउनुुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया