ब्राजिलका सुपरस्टार रोनाल्डिन्होकाे सन्यास फिर्ता: ३९ वर्षकाे उमेरमा मैदानमा फर्कँदै

 भदौ २७, २०७६ शुक्रबार ६:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । उनले कोलम्बियाको सान्टा फे बाट फेरि फुटबल खेल्ने भएका छन् ।

२०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फेरि मैदानमा फर्कने भएका हुन् । विश्व फुटबलमा सफल फुटबरलरको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन ।

उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने भएका छन् ।

यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।

उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अवैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो । त्यही मुद्दामा उनलाई पनि अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने निर्देशन दिएको थियो ।

अदालतले उनलाई बुवाआमाको जरिवाना नतिरेको भन्दै देशबाहिर जान रोक लगाएको थियो । अब उनको यो निर्णयमा अदालतको पक्षलाई कसरी सम्हाल्नेछन त्यो भने आउँदा दिनहरुले देखाउनेछन्  ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया