विद्यालयमा ‘पत्रु खानेकुरा’ खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

 भदौ २७, २०७६ शुक्रबार ७:५:२७ | रासस
unn.prixa.net

डडेल्धुरा - डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेकाे छ ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ मा रहेकाे उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालय समयमा र विद्यालय परिसरमा पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिवाना गर्न थालेकाे हाे ।
 
दैनिकजस्तो बालबालिकामा देखिने कमलपित्तलगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरामा प्रतिबन्ध गरिएको उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेल्धुराका प्राचार्य चन्द्रबहादुर साहुले बताउनुभयो ।

विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि छात्रछात्रामा पत्रु खाना खाने प्रवृत्तिमा कमी आएको प्राचार्य साहुले बताउनुभयो । अहिलेसम्म २०० विद्यार्थीलाई जरिबाना गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पहिले-पहिले त नियन्त्रणमा ल्याउन समस्या आए पनि आजभोलि विद्यालय समयमा पत्रु खाना खाने बानीमा उल्लेख्य मात्रामा कमी आउँदै कक्षा १० मा अध्यनरत छात्रा वसन्ती ताम्राकारले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया