भारतः भोपालमा गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गयो

 भदौ २७, २०७६ शुक्रबार ११:३१:५७ | एजेन्सी
unn.prixa.net

भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको एउटा पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । 

डुंगामा १९ जना व्यक्ति सवार थिए । पाँच जनालाई सुरक्षित रुपमा निकालिएको छ भने तीन जनाको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीले जनाएका छन् । 

ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरु रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार गणेशको प्रतिमा निकै ठूलो थियो । प्रतिमालाई नदीमा विसर्जन गर्ने बित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो । 

दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ) को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो । घटनालाई लिएर जनसम्पर्क मन्त्री पीसी शर्माले दुर्भाग्यपूण भनेका छन् । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया