रोल्पा पहिरो अपडेट : घर पुरिँदा ज्यान गुमाउनेेकाे संख्या ६ पुग्याे

 भदौ २७, २०७६ शुक्रबार १४:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – थबाङ गाउँपालिकाको छेर्लबाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ । 

घरमाथिबाट खनिएको सडक भासिएर खसेको पहिरोले दुई तले ढुंगे घर पुरिँदा २८ वर्षकी थीरकुमारी बुढा, उहाँका ४ वर्षीय छोरा असलको ज्यान गएको हो । 

त्यस्तै थीरकुमारी बुढाका जेठाजु ३८ वर्षका जय बुढा, उहाँकी ३६ वर्षीया श्रीमती मूलज्योति बुढा र उहाँका छोरीहरु ९ वर्षकी देवस्थी र २ वर्षकी करिष्माको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया