सन्दीप भन्छन् : आईपीएलको अनुभव अब राष्ट्रिय टिममा लगाउँछु

 जेठ ७, २०७५ सोमबार १५:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ७ – क्रिकेटर सन्दीप लामिछानेले आईपीएलमा सिकेको सीप र हासिल गरेको अनुभव नेपाली राष्ट्रिय टोलीमा उपयोग गर्ने बताएका छन् । 

आइपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा र अभ्यासका क्रममा धेरै कुरा सिकेको भन्दै सन्दीपले त्यो सिकाइ नेपालको राष्ट्रिय टिमबाट खेल्दा उपयोग गर्ने बताएका हुन् । दिल्लीबाट यो सिजनका लागि अन्तिम खेलमा ३ विकेट लिएपछि सन्दीपले भारतीय बलर अमित मिश्रासँगको कुराकानीमा आईपीएलका क्रममा क्षमता निखार्ने मौका पाएको भन्दै अब त्यो सीप नेपाली राष्ट्रिय टोलीबाट खेल्दा उपयोग गर्ने बताएका हुन् । 

‘यहाँ सिकेको सीप राष्ट्रिय टिमबाट खेल्दा उपयोग गर्नेछु, सन्दीपले भनेका छन् अब हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउँछौ । आफ्नो पहिलो आईपीएल अनुभव अविस्मरणीय रहेको पनि सन्दीपले बताएका छन् । 

याे पनि पढ्नुहाेस्

​आईपीएलमा सन्दीप : १२ ओभर, ५ विकेट, ८२ रन

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया