भारतीय अर्थव्यवस्था निकै कमजोर तर चीनभन्दा अगाडि : आईएमएफ

 भदौ २८, २०७६ शनिबार ८:४७:१३ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले भारतको आर्थिक वृद्धिदर अनुमान गरिएको भन्दा निकै कम गतिमा बढेको बताएको छ ।

यसका बाबजुद आईएमएफले भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्थाभन्दा माथि हुने बाएको छ । आईएमएफका अनुसार विश्वमै सबैभन्दा तीव्र रुपमा विकास गर्ने अर्थव्यवस्था हुनेछ ।

आईएमएफका प्रवक्ता गेरी राइसले भने, ‘हामी नयाँ तथ्याङ्क पेश गर्छौँ तर कोर्पोरेट तथा पर्यावरणीय नियामकको अनिश्चितता र केही गैरबैंकिङ कम्पनीका कमजोरीका कारण भारतको आर्थिक वृद्धिदर अहिले अनुमान गरिएकोभन्दा निकै कमजोर रहेको छ ।’

चालु आर्थिक वर्षको पहिलो तीन महिना(अप्रिल–जुन) मा भारतको आथिैक वृद्धिदर गएको सात वर्षमा सबैभन्दा कम ५ प्रतिशत रहेको छ । गएको वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ८ प्रतिशत रहेको थियो ।

आईएमएफको प्रतिवेदनमा पहिले भारतको आर्थिक वृद्धिदर ७.५ प्रतिशत रहेको थियो । तर आईएमएफले ०.३ प्रतिशत कटौती गर्दै भारतीय आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया