यू–१९ एसिया कप क्रिकेट फाइनल : भारतले बंगलादेशलाई १०७ रनको सामान्य लक्ष्य दियाे

 भदौ २८, २०७६ शनिबार १३:०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

यू–१९ एसिया कप क्रिकेटको फाइनलमा भारतले बंगलादेशलाई १०७ रनको सामान्य लक्ष्य दिएको छ ।

श्रीलंकामा जारी प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे ।

यस्तै शास्वत रावतले १९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । बंगलादेशका मृत्युन्जय चौधरी र सहिम हसनले समान तीन तीन विकेट लिएका थिए ।

तन्जिम हसन सकिब र साहिन आलमले एक एक विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया