धादिङमा बस दुर्घटना: १० जना घाइते

 भदौ २८, २०७६ शनिबार १८:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर - ६, मुक्तिनाथ मन्दिर नजिक शनिबार साँझ भएको दुर्घटनामा १० जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डाै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडाकाे बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडाकाे बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो । 

उहाँका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया