बेन्जिमाको दुई गोलकाे मद्दतले रियल मड्रिडद्वारा लेभान्ते तीन-दुईले पराजित

 भदौ २८, २०७६ शनिबार २०:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिडले लेभान्तेलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । 

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाेउमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरे । उनले खेलको २५ औँ र ३१ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । 

फेरि ४० औँ मिनेटमा कासेमिरोले थप एक गोल गर्दा रियल ३-० ले अघि परेको थियो । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

पहिलो हाफपछि ४९ औँ मिनेटमा नै लेभान्तेका लागि बोर्जा मायोरलले टिमका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ७५ औँ मिनेटमा अर्का खेलाडी गोन्जालो मेलेरोले गोल गरेर खेलमा फर्कन खोजे पनि जित्न भने सकेन । 

यो खेलबाट रियलले तीन अंक जोड्दा अंकतालिकाको शीर्ष तीनमा अटाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया