भारतीय कारसहित लागुऔषध ओसारपसारमा संलग्न पक्राउ

 भदौ २९, २०७६ आइतबार १०:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर –  लागुऔषध गाँजा र चरेशसहित प्रहरीले पाँच जना पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागुऔषधसहित पाँच जना पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट बीआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा लुकाएर लैजान लागिएको अवस्थामा तीन जना भारतीय नागरिक पक्राउ गरेको हो ।

मकवानपुरबाट भारततर्फ लैजान लागिएको ४ केजी ९ सय ग्राम चरेशसहित भारत बिहार मजुफ्फरपुर जिरोमाइरोड बस्ने २८ वर्षीय शिवराज सिंह, यही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पास्वान र भारत बिहार छपरा बस्ने २४ वर्षीय राजु महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले बताउनुभयो । 

यसैगरी, मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका –८ बस्ने २६ वर्षीय राजकुमार थिङ र यही ठाउँका २१ वर्षीय दिपेश थिङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया