सुनको मूल्य निरन्तर घट्दै

 भदौ २९, २०७६ आइतबार १३:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोल ७० हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ २६ र २७ गते प्रतितोला २००/२०० रुपैयाँले घटेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको देखिएको छ । 

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । आइतबार विश्वबजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ४९०.५५ अमेरिकी डलरमा झरेको छ । यसअघि सुनको मूल्य प्रतिऔँस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया