अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका–८ मा एक्स्काभेटरको ठक्करले आइतबार एक वृद्धको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा खाँदबारी नगरपालिका–७ घर भएका ९१ वर्षीय सवरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।
उहाँका अनुसार केही दिन अघि देखि लगातार पानी परिरहेकाले तुम्लिङटारबाट चेवाबेशी सडकखण्डमा एक्स्काभेटर लगाएर सडक सम्याउने काम चलिरहेकाे थियाे ।त्यसै क्रममा बाटोमा हिँडिरहेका वृद्ध राईलाई एक्स्काभेटरले ठक्कर दिएपछि घाइते भएकाे र उपचारको लागि मनकामना अस्पताल तुम्लिङटारमा लगिएकोमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । एक्स्काभेटर चालक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।