‘ड्रिम गर्ल’ आयुष्मान खुरानाकाे करियरकै सबैभन्दा बढी ओपनिङ गर्ने चलचित्र

 भदौ ३०, २०७६ सोमबार १२:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘विक्की डोनर’ बाट सन् २०१२ मा बलिउडमा डेब्यू गरेका अभिनेता आयुष्मान खुराना अहिले बलिउडका सफल अभिनेता बनिसकेका छन् । 

आयुष्मानले आफ्नो कडा मेहनत, लगनशीलता, प्रतिभाका कारण बलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । आयुष्मान अभिनित चलचित्र ‘ड्रिम गर्ल’ गएको सेप्टेम्बर १३ मा प्रदर्शन भैसकेको छ ।

चलचित्रमा आयुष्मान पुरुष र महिला दुवै भूमिकामा देखिएका छन् । आफ्नो अभिनय कौशलले दर्शकको मन जित्न सफल आयुष्मानले यो चलचित्रबाट पनि चर्चा बटुलिरहेका छन । भारतीय चलचित्र समीक्षक तथा दर्शकहरुले पनि चलचित्रलाई रुचाएका छन् । 

चलचित्र ‘ड्रिम गर्ल’ले प्रदर्शनको पहिलो दिन १० दशमलव ५ करोड भारुको व्यापार गरेको थियो ।

यसका साथै ‘ड्रिम गर्ल’ आयुष्मानको फिल्मी करियरको सबैभन्दा धेरै ओपनिङ गर्ने चलचित्र बनेको छ । यसअघि आयुष्मानको चलचित्र ‘बधाई हो’ ले पहिलो दिन ७ दशमलव ३ करोड भारु र ‘आर्टिकल १५’ ले ५ दशमलव २ करोड भारु कमाएको थियो । 

चलचित्रमा आयुष्मान खुरानाको जोडीको रुपमा अभिनेत्री नुसरत भरुचाको अभिनय रहेको छ । साथै अन्नु कपूर, अभिषेक बनर्जी र विजय राज लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

रोमान्टिक कमेडी चलचित्रमा आयुष्मान यस्तो युवकको भूमिकामा छन, जोसँग महिलाको जस्तै हाउभाउ र आवाज निकालेर बोल्न सक्ने कला हुन्छ । त्यही कलाको प्रयोग गर्दै उनी पूजा नामकी महिला बनेर पुरुषहरुलाई आफूतर्फ आकर्षित गरिरहेको देख्न सकिन्छ । 

यो चलचित्र प्रदर्शनमा आउनुपूर्व जुन किसिमको चर्चा थियो, प्रदर्शनपछि पनि चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको छ । एकता कपूरको निर्माण तथा राज शाण्डिल्यको निर्देशन रहेको चलचित्र जम्मा ३० करोडको लगानीमा बनेको हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया